स्थानीय तह निर्वाचन : वैशाख ९ मा उम्मेदवारी, १५ गते अन्तिम नामावली

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ फागुन ०४ बुधबार
स्थानीय तह निर्वाचन : वैशाख ९ मा उम्मेदवारी, १५ गते अन्तिम नामावली

चुनाव हुनुभन्दा ७२ घण्टादेखि चुनावी प्रचार गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन ।

अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

यसो गर्दा उम्मेदवारहरुले चुनावी प्रचारका लागि वैशाख २८ गतेसम्मको मात्र समय पाउनेछन् । चुनाव हुनुभन्दा ७२ घण्टादेखि चुनावी प्रचार गर्न नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ ।