आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।
लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्यसैले दुवै खेल एकै समयमा हुँदैछ ।
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।
लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्यसैले दुवै खेल एकै समयमा हुँदैछ ।
अघिल्लो चरणमा ब्रिगेडलाई हराएर पहिलो जित हात पारेको फ्रेण्ड्स समान अंङ्क भए पनि ब्रिगेडभन्दा हेड टु हेडमा अघि छ । च्यासल भने ५ अंकसहित पुछारमा छ ।
यस पटक लिगमा पुछारको दुई टिम रेलिगेसनमा पर्नेछन् । त्यसैले आज चारवटै टिमलाई जित्नै पर्ने दबाब छ ।