जे एन्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ फागुन ०५ बिहीबार
जे एन्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एन्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो ।

काठमाडौं : ज्यान्सेन (जे एन्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ ।

जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एन्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो ।

मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एन्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ ।

पाएसम्म जे एन्ड जे नै लगाउन मन्त्रालयले सुझाव दिएको छ । यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले सूचित गरेको छ ।