पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ फागुन ११ बुधबार
पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ८ हजार ६९३ जनामा गरिएको परीक्षणमा ३१२ जनामा संक्रमण देखिएको बुधबार जनाएको हो ।

पीसीआर विधिबाट ५ हजार १०३ जनामा परीक्षण गर्दा २५६ जना र एन्टिजेन विधिबाट ३ हजार ५९० जनामा परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ९११ रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ । २४ घण्टामा १ लाख ३५ हजार ७९० जनाले खोप लगाएका छन् ।